धितोपत्र बोर्डले भन्यो सी— आस्वा प्रणाली एक महिनापछि मात्र लागु गर्नु

धितोपत्र बोर्डले भन्यो सी— आस्वा प्रणाली एक महिनापछि मात्र लागु गर्नु

केन्द्रबिन्दु
0
Shares

सीडीएले मंगलबारबाट अनिवार्य रुपमा लागु गरेको सी-आश्वा (केन्द्रिकृत) प्रणाली एक महिना पछि मात्र कार्यान्वयनमा ल्याउन नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ ।
आस्वा प्रणालीलाई थप व्यवस्थित तथा छिटो छरितो बनाउने उद्देश्यले सी-आस्वा प्रणाली लागू गर्न लागिएको हो ।

बैंक तथा वित्तीय संस्थाले सी—आस्वा लागु गर्नका लागि समय मागेपछि बोर्डले एक महिना म्याद थप गरेको हो । सार्वजनिक निष्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिंदा लगानीकर्ताहरुको बैंक तथा वित्तीय संस्थामा रहेको खातामा आवेदन बरावरको रकम रोक्का राखी धितोपत्र बाँडफाँट पछि आवेदकको बाँडफाँटमा परेको धितोपत्र बरावरको रकम मात्र खाताबाट खिच्ने व्यवस्थाका लागि बोर्डले आस्वा प्रणाली लागू गरेको थियो ।

बोर्डबाट अनुमती प्राप्त ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको करिव २ हजार ५ सय शाखाबाट नेपालभरी आस्वा लागु भैरहेकोमा ती संस्थाका शाखाहरुलाई सी-आस्वा प्रणालीमा आवद्ध हुन, पूर्वाधार तयार गरी गराई प्रणाली संचालन सम्बन्धी तालिम लिन केही समय दिनुपर्ने बोर्डले बताएको छ ।

यस्तै लगानीकर्तालाई सी-आस्वा रजिष्ट्रशन नम्बर प्राप्त गर्ने समय दिनुपर्ने व्यवहारिक पक्ष तथा लगानीकर्ता, आस्वा सदस्यतथा अन्य सम्बन्धित सरोकारवालाको गुनासालाई समेत दृष्टिगत गरी अनिवार्य रुपमा यस प्रणाली मार्फत दरखास्त दिन एक महिनाको समय उपलब्ध गराउन बोर्डले सीडीएसलाई भनेको छ ।

हालसम्म २५ वटा बैंक तथा वित्तिय संस्थाहरुले मात्रै सि आश्वाको सदस्यता लिएका छन् । सीडीएसले तुरुन्तै सि आश्वाको सदस्यता लिन सम्पूर्ण बैंक तथा वित्तिय संस्थाहरुलाई अनुरोध समेत गरेको छ ।

सि-आश्वाको सदस्यता लिएका बैंक तथा वित्तिय संस्थाहरुले लगानीकर्तालाई दर्ता गराएर मेरो सेयर नामक सेवा मार्फत घरबाटै सेयरमा आवेदन दिने व्यवस्था मिलाउनेछन् । सी आस्वा लागु भएपछि अब घरमै बसेर आइपीओ, हकप्रद सेयर र एफपिओमा आवेदन दिन सकिने छ ।

Logo