हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको नाफा ६५.३५ प्रतिशतले वृद्धि, कर्जा पोर्टफोलियो ११.२८ अर्ब रुपैयाँ

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको नाफा ६५.३५ प्रतिशतले वृद्धि, कर्जा पोर्टफोलियो ११.२८ अर्ब रुपैयाँ

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (साबिक हुलास फिन सर्भ लिमिटेड) ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले उक्त अवधिमा २४ करोड १३ लाख ४२ हजार रुपैयाँ (२४१.३४ मिलियन) खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६५.३५ प्रतिशत बढी हो।

समीक्षा अवधिमा कम्पनीको कुल कर्जा पोर्टफोलियो ११.२८ अर्ब रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा ७५.१० प्रतिशतको वृद्धि हो। सशक्त व्यवसायिक विस्तार र प्रभावकारी कर्जा असुली व्यवस्थापनका कारण निष्क्रिय कर्जा (NPL) अनुपात ४.२२ प्रतिशत बाट घटेर २.९४ प्रतिशत मा झरेको छ। कर्जा लगानीमा उल्लेख्य वृद्धि हुँदाहुँदै पनि सम्पत्ति गुणस्तरमा सुधार भएको यो तथ्य कम्पनीको जोखिम व्यवस्थापनमा भएको सुदृढीकरणको सकारात्मक संकेत हो।

कम्पनीले प्रभावकारी रिकभरी व्यवस्थापन, सन्तुलित वृद्धि र गुणस्तरीय कर्जा विस्तारलाई निरन्तरता दिँदै आएको जनाएको छ।

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले आगामी दिनमा पनि सन्तुलित तथा दिगो व्यवसायिक वृद्धि, प्रभावकारी जोखिम व्यवस्थापन, कर्जा असुली सुदृढीकरण र सरोकारवालाको दीर्घकालीन हित संरक्षण लाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Logo