महासंघको वरिष्ठ उपाध्यक्ष पदबाट हेमराज ढकाल ब्याक, संघईलाई समर्थन

महासंघको वरिष्ठ उपाध्यक्ष पदबाट हेमराज ढकाल ब्याक, संघईलाई समर्थन

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदबाट हेमराज ढकालले आफ्नो उमेदवारी फिर्ता लिएका छन् ।

महासंघको शुक्रबार हुँदै गरेको निर्वाचनका लागि ढकालसहित रामचन्द्र संघई र सुरकृष्ण वैद्यले उमेदवारी दिएका थिए । तर ढकालले उमेदवारी फिर्ता लिएर संघईलाई समर्थन गरेका हुन् । उनको समर्थनसँगै महासंघको वरिष्ठ उपाध्यक्षमा कडा प्रतिस्पर्धा हुने छ ।

कोषध्यक्ष पदको लागि भने मनिषलाल प्रधान र अम्बिका प्रसाद पौडेलको उम्मेदवारी परेको छ ।

Logo