केन्द्रबिन्दु डेस्क । ललितपुर, २३ भदौ ।
विभिन्न ब्रान्डका अत्यधिक बिक्री हुने मोबाइलहरूको एक्स्पो ‘ललितपुर मोबाइल एक्स्पो २०७४’ ललितपुरमा जारी छ । ललितपुर मोबाइल एक्स्पोको यो चौथो संस्करण हो । यसको आयोजना लगनखेलस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले गरिरहेको छ । यस एक्स्पोलाई ललितपुरकै सबैभन्दा भव्य र ठूलो मानिन्छ ।
शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले मोबाइल एक्स्पोको अवसर पारेर विभिन्न ब्राण्डका चर्चित र सर्वाधिक बिक्री हुने स्मार्ट फोनहरूमा आश्चार्यजनक किसिमको छुट दिइरहेको जनाएको छ ।
कम्पनीले नेपाली बजारमा सबैभन्दा लोकप्रिय र सर्वाधिक बिक्री हुने स्मार्टफोनहरूको खरिदमा ग्राहकहरुलाई विशेष छुट र सुविधा प्रदान गरिरहेको छ ।
कम्पनीले हाल बजारमा सबैभन्दा लोकप्रिय स्मार्टफोनका रूपमा रहेको ह्वावेको वाई सेभेन प्राइम, सामसङको जे सेभेन म्याक्स, जिओनीको ए वान लाइट, वानप्लसको वानप्लस ५, एचटिसीको डिजायर १० प्रो, ओप्पोको एफ थ्री, लाभाको आर वान, डिटिसीको गियर म्याक्स, कलर्स फोनको पी ८५ र आइफोन सेभेन प्लस बिक्री गरिरहेको छ । सिंगापुरको ब्राण्ड डिटिसीको गियर म्याक्स पावर बैंकको रूपमा पनि प्रयोग गर्न सकिने मोबाइल फोन हो ।
ग्राहकले यी लोकप्रिय फोनहरू विशेष छुट मूल्यमा कम्प्लेक्समा मात्र खरिद गर्न पाउनेछन् । उनीहरूले कम्प्लेक्समा यी मोबाइल खरिद गर्दा कम्तीमा ५ प्रतिशतदेखि मोडलअनुसार ३० प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन् ।
कम्प्लेक्सले हाल बजारमा लोकप्रिय स्मार्टफोनहरूको माग बढिरहेको र स्टक सकिँदै जाने हुँदा आफूलाई मन परेको फोन छिटै किन्न ललितपुर मोबाइल कम्प्लेक्स र एक्स्पोका अध्यक्ष पुरुषोत्तम बस्नेतले आग्रह गरेका छन् ।
बस्नेत भन्छन्, “ग्राहकहरू आफूलाई मन परेका फोनहरू सबै बजारमा नपाउने हुँदा हाम्रो कम्प्लेक्समा नै किन्न आउने गरेका छन् । ग्राहकहरू हाम्रो सेवाप्रति निकै विश्वस्त भएको हुँदा बिक्री पनि बढिरहेको छ । हामी सबैलाई यो मौकाको फाइदा उठाउन हामी आग्रह गर्दछौं ।”
त्यसैगरी हात खाली नजाने उपहारहरू पनि प्रत्येक मोबाइल खरिदमा राखिएको छ । यसअन्तर्गत हरेक मोबाइलको खरिदमा हात खाली नजाने योजनामा पावर ब्यांक, मेमोरी कार्ड, ब्लुटुथ हेडफोन, प्रिन्टेड कप, सेल्फी स्टिक, हेडफोन, स्पीकर प्राप्त गर्न सकिनेछ ।
कम्प्लेक्सको एक्स्पोको बेलामा दिने अफरहरूसँगै विभिन्न मोबाइल कम्पनीहरूले ल्याएका अफरहरू पनि साथमा लागू हुनेछ जसमा स्क्र्याच अफर, एसएमएस योजना, बम्पर पुरस्कारमा बाइक उपहार, क्यासब्याक, विभिन्न देशको टुरलगायतका मोबाइल खरिदमा लागू भएका योजना पनि एकैसाथ उपलब्ध हुनेछ ।
लगनखेलस्थित ललितपुर मलमा स्थापना भएको ललितपुर मोबाइल कम्प्लेक्स नेपालको पहिलो मल्टीब्राण्ड मोबाइल शोरुम हो जहाँ एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्दछन् । ललितपुर मलको दोस्रो तल्लामा ४० भन्दा बढी मोबाइल शोरुम तथा आधिकारिक सर्भिस सेन्टर संचालनमा छन् ।
कम्प्लेक्समा सामसुंग, ह्वावे, जियोनी, कलर्स, आइफोन, एचटिसी, माइक्रोसफ्ट फोन, डिटिसी, ओविआई, लाभा, सोनी, जेडटिईलगायत ब्राण्डका फोनहरू उपलब्ध छन् ।
नेपालीहरूको महान चाड बडादशैं तथा तिहारको अवसर पारेर कम्पनीले यही भदौ १६ गतेदेखि भदौ २६ गतेसम्म संचालन हुनेगरी ललितपुर मोबाइल एक्स्पो २०७४ आयोजना गरिरहेको हो ।





























प्रतिक्रिया