साताको तेस्रो दिन नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । सुन आज १५ सय रुपैंयाँले बढेको हो । आइतबार ६ सयले बढेको थियो । सोमबार २ सयले घटेको सुन आज १५ सयले बढेको हो ।
गत हप्ता आइतबार १०० रुपैंयाँले बढेको सुन सोमबार भने ५०० ले बढेको थियो । मंगलबार स्थिर थियो भने बुधबार ६ सयले घटेको थियो । सुन विहिबार ९ सयले घटेको थियो । शुक्रबार १ हजार १ सयले घट्दै प्रतितोला ९० हजार रुपैंयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुनको मूल्य ९१ हजार ९ सय कायम गरिएको छ । यस्तै तेजावी सुनको मूल्य ९१ हजार ४०० रुपैंयाँ रहेको छ । यता चाँदीको मूल्य पनि आज २५ रुपैयाँले बढेको छ । चाँदी आज १ हजार ३४० रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





























प्रतिक्रिया