संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालसँग नेपालका लागि इजरायका राजदूत खनान गोडेरले मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।
भेटवार्तामा मन्त्री ढकालले उक्त मुलुकसँग सीधा हवाइ सेवा सञ्चालनमा सहजीकरण गरिदिन अनुरोध गरे । उनीहरूबीच पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको थियो ।





























प्रतिक्रिया