काठमाडौं ।
पछिल्ला वर्षमा नेपालमा पनि सूर्यको प्रकाश भरपूर मात्रामा प्रयोग गरी सौर्य ऊर्जा उत्पादन गर्ने प्रचलन बढेको छ । रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं.६ मा ८.५ मेगावाट सौर्य ऊर्जा उत्पादन सुरु गरेको छ । यस कम्पनीले सौर्य ऊर्जा उत्पादन गर्न १७ हेक्टर क्षेत्रफलमा सौर्य पाता जडान गरेको जनाएको छ । नेपालमा पनि ऊर्जा मिश्रणको अवधारणा अनुसार सौर्य ऊर्जालाई केन्द्रीय विद्युत् प्रणालीमा जोड्ने काम भइरहेको छ । नेपालमा हालसम्मकै ठूलो सौर्य (सोलार) ऊर्जा प्लान्ट बुटवलमा सम्पन्न भएको रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीका कार्यकारी निर्देशक कुवेरमणि नेपालले बताए ।
यस कम्पनीले १ मेगावाटसम्मको ससाना सोलार प्लान्ट धेरै ठाउँमा निर्माण गरेको छ । तर बुटवलको सौर्यऊर्जा प्लान्ट भने नेपाल अधिराज्यभरी अहिले सम्मकै ठूलो सोलार प्लान्ट हो । यो सोलार प्यानल २६ विधा जग्गामा फैलिएको छ । सोलार प्यानलमा ३२ हजार प्यानलहरु विछ्याइएको छ । कोरोना महामारीले गर्दा पूर्वाधार निर्माणको काममा ढिला भइरहेको छ । यस प्लान्टबाट १ करोड ४५ लाख किलोवाट विद्युत उत्पादन हुनेछ ।
सोलारमा विद्युत उत्पादन भएपछि अटोमेटिक रुपमा प्रसारण लाइनमा जोडिन्छ । हालसम्म नेपालमा सौर्य ऊर्जा भण्डार गर्ने प्रविधि नआएकाले ग्रिडबाट सोझै वितरण गरिन्छ । यो प्लान्टको निर्माण गर्दा प्लान्ट ऊर्जा मिश्रणको नीति अन्तर्गत २०७३ साल जेठमा खुलारूपमा टेन्डर आह्वान गरिएको थियो । यस आयोजनामा करिब ७२ करोड रुपैँयाँ लगानी भएको छ । जसमा बैंक अफ काठमाडौंको अगुवाइमा सिटिजन्स बैंक र नेपाल बंगलादेश बैंकले ४९ करोड रुपैयाँ लगानी गरेका छन् । विद्युत् खरिद सम्झौता (पीपीए) प्रतियुनिट ७ः३० रुपैयाँ रहेको यस सोलार प्लान्ट अध्ययन, खरिद र निर्माण (ईपीसी) मोडलमा निर्माणको काम भारतको जीई सोलार कम्पनीले गरेको हो ।
ठूला–ठूला सौर्य परियोजनाहरूले गर्दा ठूलोस्तरमा सौर्य प्यानल निर्माण गर्ने तथा सौर्य प्यानल निर्माणमा नयाँ आविष्कारहरू पनि भइरहेका छन् । हाल ऊर्जा मिश्रणको अवधारणा अनुसार सर्भे अनुमतिपत्र लिने सोलार आयोजनाहरूको क्षमता ३ सय ७७ मेगावाट छ भने निर्माण अनुमतिपत्र लिनेको क्षमता ७३ मेगावाट र निर्माणको अनुमतिका लागि आवेदन दिनेको संख्या ४४ मेगावाट छ । सोलार प्यानलमार्फत उत्पादित विद्युत् सोझै राष्ट्रिय प्रसारणलाइनमा जोडिने यस आयोजनामा ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुने गरेको कार्यकारी निर्देशक नेपालले बताए ।
विश्वमा सौर्य ऊर्जामा चीन उदाहरण मानिन्छ । एक तथ्याङ्क अनुसार चीनले हाल १ लाख ३० हजार मेगावाट भन्दा बढी सौर्य ऊर्जा उत्पादन गरिरहेको छ । चीनले संसारकै सबैभन्दा ठूलो सोलार प्लान्ट तेन्गर मरुभूमिमा बनाएको छ । यसको बिजुली उत्पादन क्षमता १५ सय मेगावाट रहेको छ । सौर्य उर्जाबाट विश्वमा ६ लाख मेगावट विद्युत उत्पादन भएको छ ।
सौर्य प्यानलबाट उत्पादन भएको विद्युत व्याट्रिमा भण्डारण गरी आवश्यकता अनुसार उपयोग गर्ने प्रविधिलाई आइसोलेटेड सिस्टम भनिन्छ । यो प्रविधीको विकास नेपालमा भएको छैन । सौर्य प्लानलबाट उत्पादन भएको विद्युत भण्डारन नगरी सिधै ग्रीडमा लाने प्रविधिलाई ग्रीड कनेक्टेड सिस्टम भनिन्छ । अहिले नेपालमा भएको यहि सिस्टम हो । विभिन्न संघ संस्था तथा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको नेपालमा धेरै वर्ष अघिदेखि ग्रीडको वत्ति नपुगेका स्थान सौर्य पाताबाट घरको वत्तीको लागि आइसोलेटेड सिस्टमबाट सौर्य उपयोग हुने गरेको छ । यसै सन्दर्भमा हामीले रिडी हाइड्रोपावर कार्यकारी निर्देशक कुवेरमणि नेपालसँग कुराकानी गरेका छौं :





























प्रतिक्रिया