१३ वर्ष पछि पर्यटन बोर्डले पायो उपाध्यक्ष

१३ वर्ष पछि पर्यटन बोर्डले पायो उपाध्यक्ष

केन्द्रबिन्दु
0
Shares

नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको बैठकले बोर्ड कार्यकारी समितिका सदस्य चन्द्रप्रसाद रिजाललाई बोर्डको उपाध्यक्षमा चयन गरेको छ । मंगलवार बसेको बोर्ड बैठकले रिजाललाई उपाध्यक्ष चयन गरेको हो । 

रिजालसहित ङावा ङिमा शेर्पा र कृष्णकुमार शाह गत माघ २३ गते कार्यकारी समिति सदस्य नियुक्त भएका थिए । बोर्डमा विप्लव पौडेल र पम्फा धमला यस अघि नै सदस्य पदमा रहेका थिए । टानका पूर्वअध्यक्ष समेत रहेका व्यवसायी रिजाल उपाध्यक्ष चयन भएसँगै पर्यटन बोर्डले १३ वर्षपछि उपाध्यक्ष पाएको हो । पछिल्लो पटक ०६४ साल कार्तिक २२ गते पर्यटन व्यवसायी प्रकाश श्रेष्ठ उपाध्यक्ष भएपछि हालसम्म उपाध्यक्ष पद खाली थियो ।

नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को व्यवस्था अनुसार बोर्डमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष, बोर्डका कार्यकारी प्रमुख सदस्य सचिव तथा  पर्यटन प्रवद्र्धन गर्ने कार्यमा सलंग्न पर्यटन व्यवसायी पर्यटन तथा  प्राकिृतिक एवं सांस्कृतिक सम्पदासँग सम्बन्धित विशेषज्ञहरू मध्येबाट सरकारले मनोनित गरेका ५ जना सदस्य र अर्थसहित विभिन्न मन्त्रालय र विभागबाट प्रतिनिधित्व गर्ने ४ जना सदस्य गरि ११ जनाको कार्यकारी समिति रहने व्यवस्था छ । 

उपाध्यक्षको हकमा निजी क्षेत्रबाट बोर्ड सदस्यमा मनोनित सदस्यहरू मध्येबाट बोर्डका सदस्यहरुले छानेको एक जना सदस्य उपाध्यक्ष बन्ने व्यवस्था अनुरुप रिजाल उपाध्यक्षमा चयन भएका हुन् ।

Logo