मंगलबारदेखि नेप्सेमा कारोबार भएका ग्रिन लाइफ र महिला लघुवित्तको शेयर मूल्य कति?

मंगलबारदेखि नेप्सेमा कारोबार भएका ग्रिन लाइफ र महिला लघुवित्तको शेयर मूल्य कति?

केन्द्रबिन्दु
0
Shares

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आजदेखि दुई कम्पनीहरु ग्रिन लाइफ हाइड्रो र महिला लघुवित्तको शेयर कारोबार सुरु भएको छ । पहिलो कारोबारमा ग्रिन लाइफ हाइड्रोको प्रतिकित्ता शेयर २९९ रुपैयाँ र महिला लघुवित्तको प्रतिकित्ता ४३८ रुपैयाँले कारोबार सुरु भएको छ । 

महिला लघुवित्तको पहिलो कारोबारको लागि नेप्सेले ३१३.१६ देखि ९३९.४८ सम्मको सुरुवाती रेन्ज तोकेकोमा ४३८ मा पहिलो कारोबार भएको हो । महिला लघुवित्तले माघ ३० गतेदेखि आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन गरेको थियो । आईपिओमा  १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएकोमा आवेदक मध्ये ३७ हजार ५ सय जनाले समान १० कित्ताको दरले शेयर पाएका थिए । 

त्यस्तै ग्रिन लाइफ हाइड्रोको पहिलो कारोबारको लागि नेप्सेले ९९.६७ देखि २९९.०१ सम्मको सुरुवाती रेन्ज तोकेकोमा २९९ बाट कारोबार सुरु भएको हो । गत माघ २३ देखि प्रतिकित्ता एक सय रुपैंयाँका दरले ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर बिक्रिमा राखेको थियो । सर्वसाधारणले २ करोड २६ लाख ९१ हजार ४ सय ९० कित्ताको लागि आवेदन दिएका थिए । जसमध्ये ३ लाख २५ हजार १ सय ६५ जनाले समान १० कित्ता शेयर पाएका थिए ।

Logo