वायु सेवा निगम र पर्यटन बोर्डबीच सम्झौता

वायु सेवा निगम र पर्यटन बोर्डबीच सम्झौता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमबीच सम्झौता भएको छ । नेपालको पर्यटन प्रवर्द्धनका विभिन्न पक्षहरूका सम्बन्धमा सहकार्य गर्ने गरी उनीहरुबीच सम्झौता भएको हो ।

यस सम्झौताले अन्तर्राष्ट्रिय रुपमा आयोजना हुने संयुक्त प्रवर्द्धनात्मक कार्य, परिचयात्मक भ्रमण, ब्रान्डिङ, नेपालमा आयोजना गरिने अन्तर्राष्ट्रिय स्तरका पर्यटन कार्यक्रमहरु जस्ता क्षेत्रहरुमा सहकार्य हुने बताइएको छ ।

नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमबीच भएको सम्झौताले हाल कोभिड–१९ को महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने आशा गरिएको छ ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले यस सहकार्यले दुई संस्थाबीचको बहुआयामिक सम्बन्ध थप मजवुत हुँदै जाने बताए ।

सम्झौता पत्रमा नेपाल पर्यटन बोर्डका तर्फबाट कार्यकारी प्रमुख रेग्मी र निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले हस्ताक्षर गरेका थिए।

Logo