साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन आज ५ सयले बढेको हो ।
गत शुक्रबार ५ सयले घटेको थियो। सुनको मूल्य अघिल्लो साता लगातार उतारचढाव भएको थियो । आज छापावाला सुन प्रतितोला ८७ हजार २ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८६ हजार ७५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य भने आज ५ रुपैयाँले बढेको छ। चाँदी तोलामा एक हजार २८० मा कारोबार भइरहेको छ।





























प्रतिक्रिया