काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) र विश्व बैंक समूहको संयुक्त वार्षिक भर्चुअल बैठकमा सहभागी भएका छन् ।
गभर्नर अधिकारीले सन् २०२० अक्टोबर १२ देखि १८ सम्म आयोजित वार्षिक वैठकमा सहभागिता जनाएका हुन् ।
सो अवसरमा गभर्नर अधिकारीले अक्टोबर १३ मा आईएमएफका Deputy Managing Director, Tao Zhang सँग कोभिड–१९ का कारण नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा परेको असर एवम् त्यसको न्यूनीकरणका निम्ति अवलम्बन गरिएका नीतिगत व्यवस्थाका विषयमा छलफल गरे ।
साथै, कोषले नेपालको विकास प्रक्रियामा गरेको आर्थिक तथा प्राविधिक सहयोगबाट पुगेको योगदानको विषयमा समेत उनले चर्चा गरे ।





























प्रतिक्रिया