घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

केन्द्रबिन्दु
0
Shares

साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार स्थिर रहेको सुनकाे भाउ सोमबार २ सयले घटेको हो ।

गत हप्ता आइतबार सुनको मूल्य स्थिर रहेको थियो। सोमबार २ सयले बढेको थियो भने मंगलबार ५ सयले घटेको थियो। बुधबार ४ सयले घटेको सुन विहीबार ९ सयले बढेको हो। शुक्रबार सुन ९ सयले बढेको थियो।

आज छापावाला सुनको प्रतितोला ८७ हजार २ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८६ हजार ७५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

चाँदीको मूल्य पनि आज घटेको छ। चाँदी तोलामा ५ रुपैयाँले घट्दै एक हजार २३५ मा कारोबार भइरहेको छ।

Logo