मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्ष पदमा चयन भएका छन् ।
एशोसियसनको चितवनको भरतपुरमा मंगलबार सम्पन्न पन्ध्रौं वार्षिक साधारणसभाले अध्यक्ष पोखरेलसहित सम्पूर्ण पदाकिारीलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।
त्यस्तै, सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ उपाध्यक्ष, महालक्ष्मी बिकास बैंकका प्रमुखकार्यकारी अधिकृत बोधराज देवकोटा, सचिव, कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत कोषाध्यक्षमा चयन भएका छन् ।
एशोसिएसनको सदस्यमा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा, साइन रेसुंगा डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट, सप्तकोशी डेभलपमेण्ट बैंकका नविन सुवेदी, ग्रिन डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्य चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिले कार्यभार समेत सम्हाली सकेका छन् । कार्यभार सम्हाल्दै एशोसिएसनका अध्यक्षले सबैको सहयोगबाट विकास बैंकहरुको हक र हितकालागि काम गर्न प्रतिबद्धता व्यक्त गर्दै अध्यक्षपदमा निर्वाचित गर्ने सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।





























प्रतिक्रिया