मुक्तिनाथ विकास बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको ‘समृद्धिसँग जोडौं नाता, सबै नेपालीको बैंक खाता’ भन्ने नारासहित ‘खोलौ बैंक खाता अभियानलाई-२०७६’ लाई सफल पार्नको लागि नयाँ बचत योजना ‘मेरो पहिलो बचत खाता’ सञ्चालन गरेको छ ।
स्थापनाकालदेखि नै ‘१ व्यक्ति–१ खाता, १ परिवार–१ उद्यमी’ नारा आत्मसाथ गर्दै ग्राहकहरूलाई सेवा सुविधा प्रदान गर्दै आइरहेको यो बैंकले २०७६ वैशाख १ गतेदेखि लागू हुने उक्त बचत खाता खोल्ने व्यक्तिलाई खाता खोल्ने बित्तिकै बैंकले सय रुपैयाँ नगद खातामा जम्मा गरिदिने र ग्राहकहरूको मोबाइल नम्बरमा सय रुपैयाँ बराबरको रिचार्ज (टपअप) गरिदिने छ ।
यस खातामा दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याजदरका साथै निःशुल्क आश्वा सेवा, निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाइल बैंकिङ सुविधा र देशैभरि भिजा नेटवर्क अन्तर्गत रहेका करीब ३०० एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरू उपलब्ध छन् ।
हालसम्म बैंकले देशैभरि आफ्ना ११४ वटा शाखा र २२ वटा एटीएमबाट करीब ६ लाख ग्राहकलाई बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
प्रकाशित: ५ बैशाख २०७६ १५:३२ बिहीबार