नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको शुभकामना आदानप्रदान कार्यक्रम

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको शुभकामना आदानप्रदान कार्यक्रम

केन्द्रबिन्दु
0
Shares

हजूरलाई नमस्ते ट्रेड लिङ्क प्रा.लि.ले नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका नवनिर्वाचितहरुलाई बधाई तथा नयाँ वर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। 

शुक्रबार राजधानीमा आयोजना भएको उक्त कार्यक्रममा नेपाल हेवी इक्विपमेन्ट व्यवसायी महासंघका नवनिर्वाचित तथा ट्रक व्यवसायी समितिका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिइएको थियो। 

कार्यक्रममा तारकेश्वर नगरपालिकाका नगर प्रमुख श्री रामेश्वर बोहराले हजूरलाई नमस्ते ट्रेड लिङ्क प्रा.लिद्वारा निर्मित २०७८ सालको पात्रो सार्वजनिक गरेका थिए। 

कार्यक्रममा उपस्थिति भएका विभिन्न विधाका विशिष्ट व्यक्तित्वहरुलाई हजूरलाई नमस्ते ट्रेड लिङ्क प्रा.लिका अध्यक्ष ताराबहादुर कुँवरले सम्मान साथै बधाई तथा शुभकामना दिएका थिए। 

यस्तै हजुरलाई नमस्ते ट्रेड लिङ्क प्रा.लिका सद्भावनादूत वरिष्ठ लोक तथा दोहोरी गायक बद्री पंगेनीले आफ्नो गीत प्रस्तुत गरेर कार्यक्रमको शोभा बढाएका थिए । त्यस्तै कार्यक्रममा उपस्थित सबैले मायाको चिनोको रुपमा पात्रो ग्रहण गरेका थिए।

Logo