साताको पहिलो दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचकमा १८.५६ अंकको गिरावट आएको छ। गत साता तीन दिनदेखि निरन्तर झिनो अंकले गिरावट आइरहेको थियो।
आइतबार नेप्सेका सबै सबइण्डेक्सहरु भारी अंकले ओरालो लाग्दा बजार दोहोरो अंकले घटेको हो। आज २१९ कम्पनीका एक करोड २७ लाख २८ हजार १ सय २५ कित्ता, ६ अर्ब १६ करोड रुपैयाँको शेयर किनबेच भएको छ।
आज नेप्से भारी अंकको गिरावट आउँदा पनि समता लघुवित्तका लगानीकर्ताले ९.९९ प्रतिशत कमाउन सफल भएका छन्। रुरु जलविद्युतका लगानीकर्ताले पनि ९.८२ प्रतिशत कमाएका छन् ।
महिला लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले १० प्रतिशत गुमाए भने बिशाल बजार कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशत गुमाएका छन्। सिंगटी हाइड्रोका लगानीकर्ताले पनि ९.५६ प्रतिशत गुमाउनु परेको छ। त्यस्तै, युनियन हाइड्रो पावरका लगानीकर्ता पनि गुमाउने सूचीमा परेका छन्। आइतबार एनसीसी बैंकको २८ करोड ८६ लाख र कुमारी बैंकको २८ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भएको छ।
हिमालयन डिष्टिलरीको २४ करोड १३ लाख तथा एचआइडीसीएलको २३ करोड ९३ लाखको शेयर कारोबार भएको छ।





























प्रतिक्रिया