नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिवन्ध जेठ १७ सम्म थपिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक हिराजन काफ्लेले आज एक सूचना जारी गर्दै सो जानकारी दिएका हुन्। यसबारे उनले सबै वायुसेवा कम्पनीलाई जानकारी गराएका छन्।
यसबीचमा भारतसँग सातामा दुई उडान भने निरन्तर रहने सूचनामा उल्लेख छ।
कोरोना भाइरसको महामारी नियन्त्रण गर्न सरकारले वैशाख मसान्तसम्म उडानमाथि प्रतिवन्ध लगाउने निर्णय गरेकोमा यसलाई लम्ब्याएर १७ जेठमा पुर्याइएको हो।
यसबीचमा एयरलाइन्सहरुले मेडिकल उडान, चार्टर्ड र कार्गो उडानको अनुमति भने पाउने भएका छन्।





























प्रतिक्रिया