कृषिमा आत्मनिर्भर हुन यान्त्रिकीकरण जरुरी: मन्त्री अर्याल

कृषिमा आत्मनिर्भर हुन यान्त्रिकीकरण जरुरी: मन्त्री अर्याल

केन्द्रबिन्दु
0
Shares

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले कृषि क्षेत्रको विकास गर्न यान्त्रिकीकरण प्रयोग आवश्यक रहेको बताएकी छिन्। 

एशोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) द्वारा आज आयोजित ‘कृषि यान्त्रिकरणः आवश्यकता, अवसर र चुनौती’ विषयक भर्चुअल संवाद कार्यक्रममा उनले कृषि प्रसारणमा २० प्रतिशत र यान्त्रिकीकरणमा २०÷२५ प्रतिशत किसानको पहुँच रहेको बताइन्। 
    
एक पालिका एक नर्सरी नारा लगाएर उत्पादनमा वृद्धि गर्ने नीति रहेको बताउँदै उनले उच्च स्तरका सिकाइका लागि इजरायलको प्रविधि नेपाल ल्याउने सम्झौता भइसकेको जानकारी दिइन्।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले उत्पादनमा वृद्धि र लागत घटाउनका लागि कृषिमा यान्त्रिकीकरण गर्नुपर्ने बताए। नार्कका श्रीमत श्रेष्ठले नेपालमा कृषि प्रविधि र उपकरणको लामो इतिहास नरहेको बताउँदै कृषिबाट युवाहरु पलायन हुन थालेपछि प्रविधि र उपकरणमा ध्यान दिन थालेको बताए। 

इञ्जिनियर देवराज निरौलाले कृषिसँग इञ्जिनियरिङ जोडिएन भने त्यसको दिगो विकास गर्न नसकिने बताए ।

Logo