घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै?

घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै?

केन्द्रबिन्दु
0
Shares

साताको चौथो दिन आज सुनको मूल्य सामान्य घटेको छ। सुन आज १ सयले घटेको हो। आइतबार ९ सयले बढेको थियो भने सोमबार ३ सयले बढेको थियो। मंगलबार ६ सयले बढेको थियो ।

गत हप्ता आइतबार १ सयले बढेको थियो। सोमबार २ सय रुपैयाँले बढेको थियो। यस्तै मंगलबार पनि ३ सयले बढ्यो भने बुधबार तीन सयले घटेको थियो। बिहीबार सुन आज चार सयले घटेको थियो। शुक्रबार भने स्थिर रहेको थियो ।

आज छापावाला सुनको प्रतितोला ९३ हजार ३ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९२ हजार ८ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

चाँदीको मूल्य भने आज २० रुपैयाँले बढेको छ। आज चाँदी तोलामा एक हजार ३७० मा कारोबार भइरहेको छ।

Logo