घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै?

घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै?

केन्द्रबिन्दु
0
Shares

साताको तेस्रो दिन आज सुनको मूल्य घटेको छ। सुन आज २ सयले घटेको हो। आइतबार ३ सयले बढेको थियो भने सोमबार १ सयले बढेको थियो।

गत हप्ता आइतबार ९ सयले बढेको थियो भने सोमबार ३ सयले बढेको थियो। मंगलबार ६ सयले बढेको थियो। यस्तै बुधबार १ सयले घटेको थियो। बिहीबार ४ सयले बढेको थियो भने शुक्रबार ४ सयले घटेको थियो ।

आज छापावाला सुनको प्रतितोला ९३ हजार ५ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९३ हजार  मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

चाँदीको मूल्य भने आज स्थिर छ। आज चाँदी तोलामा एक हजार ३५० मा कारोबार भइरहेको छ।

Logo