ललितपुरको बजेट विथोलिएपछि मेयर महर्जनको आरोप,’बहुमतकाे दम्भ देखाइयाे’

ललितपुरको बजेट विथोलिएपछि मेयर महर्जनको आरोप,’बहुमतकाे दम्भ देखाइयाे’

केन्द्रबिन्दु
0
Shares

ललितपुर महानगरपालिकाको नगरसभा बैठकमा बहुमत सदस्यले बैंठक बहिष्कार गरेपछि आज वार्षिक बजेट सार्वजनिक बिथोलिएको छ। नियम अनुसार आज १० गते नगरसभाले बजेट सार्वजानिक गर्नु पर्ने कानुनी व्यवस्था भएपनि सभाका बहुमत सदस्यले सभा बहिष्कार गरेपछि बजेट मस्यौदामा प्रस्तुत गरिएको छ ।

यसै सन्र्दभमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एमाले र माओबादी केन्द्रका जनप्रतिनिधिहरुले बहुमतको दम्भ देखाउदै हलो अड्काएर गोरु चुट्ने काम गरेको आरोप लगाएका छन्।

महानगरले आजको लागि बोलाएको नगरसभा बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका प्रतिनिधिले बहिष्कार गरेका थिए । मेयर महर्जनले नीति तथा कार्यक्रम पेश गर्दा छलफल गर्न नदिएको भन्दै उनीहरुले नगरसभा बहिष्कार गरेका थिए । 

मेयर महर्जनले महानगरले विधिसम्मत गरिरहेको तर उनीहरुले बहुमतको दम्भ देखाएर बहिष्कार गरेको बताए । उनले भने, ‘हामी अल्पमतमा छौं । उहाँहरु दुईतिहाई बहुमत हुनुहुन्छ । हिजो दिनभरी सहमतिको प्रयास गरिएको तर सहमति भएन ।’

मेयर महर्जन भने वडा नं. ३ का वडाध्यक्षले जहिले पनि आफ्नो विरोध मात्रै गर्दै आएको बताउँछन् । उनी भन्छन्, ‘श्री गोपाल महर्जनले के कारण मेरो विरोध गरिरहेका छन् भन्ने बुझ्न सकेको छैन । मैले त उहाँलाई त्यस्तो केही गरे जस्तो लाग्दैन ।

ललितपुरका मेयर चिरीबाबु महर्जनलाई नगरसभाका सदस्यहरुले आगामी वर्षका लागि ल्याउन लागिएको बजेट पढेर पास गर्नु भनेपछि मेयरले सभाका सदस्यलाई चुनाव जितेर आउनुस् भनेपछि नगरसभा रोकिएको छ । नगरसभामा रहेका ९२ सदस्यहरुमध्ये ६६ जनाले महानगरको सभा बहिकार गर्ने निर्णय गरेको हौं ।’

मेयरले अब ३ पटक लगातार नगरसभा बोलाउन सक्छन् । ३ पटकसम्ममा पनि सभाले बजेट पास नगरे जम्मा सदस्यको २५ प्रतिशत संख्याले बजेट पास गराएर नयाँ बजेट ल्याउन सक्ने स्थानीय सरकारको कानुनमा व्यवस्था रहेको महर्जनले बताए ।

‘हामी कानुनअनुसार चल्ने भएकाले मेयरले बोलाएको नगरसभामा गएर बजेट पास गराउने छौं । नियमानुसार काम गर्नुपर्छ भनेर मेयरलाई सिकाएको मात्रै हो । हामी हाम्रो वडाको बजेट अब ३ दिनपछि पास गराएर ल्याउने छौं,’ महर्जनले भने ।

Logo