कर्मचारी र मजदूरलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सरकारसँग नाडाको माग

कर्मचारी र मजदूरलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सरकारसँग नाडाको माग

केन्द्रबिन्दु
0
Shares

नाडा अटोमोवाइल्स एशोसिएसन नेपालले कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउन सरकारसँग माग गरेको छ। 

सरकारले अटोमोवाइल वर्कशप, शो रुम तथा स्पेयर पार्टससमेत तोकिएको समयमा मात्र खुल्ला हुनेगरी निर्देशिका जारी गरिसकेको भए पनि ती क्षेत्रमा कार्यरत व्यवसायी, कर्मचारी र विशेषगरी मजदुरहरुका लागि खोप उपलब्ध नभएको प्रति नाडाले सरकारको ध्यानाकर्षण गराएको हो। 

 ‘व्यवसायमा संलग्न भई आफ्नो कार्यमा लाग्नु उच्च जोखिम हुने भएकोले यस्तो विषम परिस्थितिमा अटोमोबाइल वर्कशप, शो रुम तथा स्पेयर पार्टस पसलहरुमा काम गर्ने व्यवसायीहरु, कर्मचारीहरु, टेक्निसियनहरु र विशेषगरी ठूलो संख्यामा देशमा छरिएर रहेका श्रमिकहरुका लागि कोभिड १९ विरुद्धको खोप यथासक्य छिटो उपलब्ध गराउन सरकारसँग अपिल गर्दछौं।’ नाडाद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

अब सार्वजनिक यातायात पनि संचालनमा आउने भएपछि संक्रमणको जोखिम बढ्ने सम्भावना रहने भन्दै यस पेशामा संलग्नलाई खोपको व्यवस्था गर्न नाडाले माग गरेको हो। 

Logo