आजदेखि युनियनको आईपीओ बिक्री खुला

आजदेखि युनियनको आईपीओ बिक्री खुला

केन्द्रबिन्दु
0
Shares

युनियन लाइफ इन्स्योरेन्सकाे आजदेखि आईपीओ बिक्री खुला भएकाे छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा ६४ करोड २० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता सेयर सार्वजनिक निष्कासन गरेकाे हो ।

जसमध्ये ३ लाख २२ हजार ५ सय कित्ता कर्मचारीका लागि र ३ लाख २२ हजार  ५ सय कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेर बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणालाई बिक्री खुला गरेको हो । 

कम्पनीको आईपीओमा छिटोमा असार २८ गते र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले आईपीओ निष्कासनका लागि निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ 

Logo