एस.टी.सी ग्रुपले वाग्मती प्रदेशलाई २ सय थान अक्सिजन सिलिण्डर र सिलिण्डर रेगुलेटर सहयोग गरेको छ।
ग्रुपका प्रवन्ध निर्देशक सुरेन्द्र उप्रेती र निर्देशक कृष्णप्रसाद दुलालले शनिबार वाग्मतीका मुख्यमन्त्री डोरमणि पौडेललाई एक कार्यक्रमकाबीच दुई सय थान अक्सिजन सिलिण्डर र रेगुलेटर हस्तान्तरण गरेका हुन्।

कोभिड १९ को दोस्रो लहरको महामारीसँगै देशमा विभिन्न भागमा अक्सिजन र अक्सिजन सिलिण्डर अभाव भई धेरै बिरामीले ज्यान गुमाउनु परेको र अझै पनि अक्सिजन सिलिण्डर पर्याप्त मात्रामा उपलब्ध हुन नसकेको भन्दै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग गरेको एस.टी.सी ग्रुपले जानकारी दिएको छ।
एस.टी.सी ग्रुप अटोमोवाइलका विभिन्न ब्राण्डका स्पेयर्स पार्टस, टायर, ल्युब तथा ब्याट्रीको आधिकारिक बिक्रेता हो।






























प्रतिक्रिया