सानिमा र आईएमई लाइफ इन्स्योरेन्सको आइपीओ पाइपलाइनमा

सानिमा र आईएमई लाइफ इन्स्योरेन्सको आइपीओ पाइपलाइनमा

केन्द्रबिन्दु
0
Shares

नेपाल धितोपत्र बोर्डले आइपीओ निष्कासनका २ जीवन बीमा कम्पनी लाइनमा रहेको जनाएको छ। 

यसरी लाइनमा रहेका मध्ये आईएमई लाइफ इन्स्योरेन्सले पनि ६० करोड बराबरको ६० लाख कित्ता शेयर बिक्री खुला गर्न पालो पर्खिरहेको छ। कम्पनीले आईपीओ निष्कासनका लागि गत जेठ ३१ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो। कम्पनीको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ।

यता सानिमा लाइफ इन्स्योरेन्सको ६० करोड बराबरको ६० लाख कित्ता शेयर बिक्री खुला गर्न लाइनमा छ। कम्पनीले आइपीओ निष्कासनका लागि गत जेठ ९ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो। यस कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।

Logo