प्रवन्ध निर्देशकलाई कार्यालय पस्न नदिने टेलिकम कर्मचारीको चेतावनी

प्रवन्ध निर्देशकलाई कार्यालय पस्न नदिने टेलिकम कर्मचारीको चेतावनी

केन्द्रबिन्दु
0
Shares

नेपाल टेलिकमका कर्मचारी युनियनहरूले नयाँ विनियमावली संशोधन नगरेसम्म प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीलाई कार्यालय प्रवेश गर्न नदिने चेतावनी दिएका छन्। 

आफ्नो निहित स्वार्थका लागि कर्मचारीहरूको हितविरुद्ध हुने गरी नयाँ विनियमावली ल्याएको दावी गर्दै सो विनियमावली संशोधन गरेर आफूहरूको माग सम्बोधन नगरेसम्म निर्देशक अधिकारीलाई कार्यालय प्रवेश गर्न नदिने उनीहरूले अडान लिएका छन्। ४ दिनयता सो विनियमावलीको विरोधमा टेलिकम केन्द्रिय कार्यालयमा धर्नासहितको विरोध प्रर्दशन गर्दै आएका छन्।

नेपाल टेलिकम कर्मचारी युनियनका कार्यबाहक अध्यक्ष वीरेन्द्रलाल जोशीका अनुसार राजनीतिक नियुक्ति पाउने निर्देशकलाई पनि ५८ वर्षे उमेर हद लगाएर निर्देशक अधिकारीले आफ्नो सेवा अवधि थप गर्ने गरी विनियमावली ल्याएका छन् । कर्मचारीहरूले आफूहरूले आन्दोलन गरेर प्राप्त गरेको ट्रेड युनियन अधिकारसमेत सो विनियमावलीले कटौैटी गरेकाले संघर्षमा उत्रनु परेको प्रतिक्रिया दिएका छन्।

नेपाल टेलिकम वर्कर्स युनियनका अध्यक्ष राजेन्द्र जोशी तथा नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष यादवप्रसाद पनेरु नेतृत्वले पनि विनियमालवीको विरोध गरेको छ । टेलिकमका कर्मचारी युनियनहरूले ४ दिनयता टेलिकम कार्यालयमा धर्ना दिँदै आएका छन । उनीहरूले गत मंगलबार राति निर्देशक अधिकारीलाई रातभर कार्यकक्षमा थुनेर पनि राखेका थिए । 

 विनियमावली संशोधन गरेर आउने भनी कार्यालयबाट निस्किएका निर्देशक अधिकारी हालसम्म पनि कार्यालयमा नआएकोमा कर्मचारीहरूको आक्रोश छ । अन्य कर्मचारीहरूको सेवा, सुविधा र बढुवाको प्रावधान समेत कटौटी गरिएको पनि कर्मचारी युनियनहरूको दावी छ।

Logo