इतिहासमै पहिलो पटक मौद्रिक नीति रोकियोः पूर्व गभर्नर नेपाल

इतिहासमै पहिलो पटक मौद्रिक नीति रोकियोः पूर्व गभर्नर नेपाल

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.चिरञ्जीवी नेपालले राष्ट्र बैंकको स्वायत्तता जोगाउनको लागि भएपनि तत्काल नयाँ मौद्रिक नीति ल्याउनु पर्ने बताएका छन्।

पूर्व गभर्नर डा.नेपालले अहिलेसम्म कुनै पनि सरकारले राष्ट्र बैंकबाट जारी हुने मौद्रिक नीति नरोकेको तर राष्ट्र बैंकको इतिहासमा पहिलो पटक अहिले बनेको सरकारले रोकेको बताए ।

पुरानो मौद्रिक नीतिलाई मूल्याङकन गरी नयाँ मौद्रिक नीति सार्वजनिक गर्नुपर्छ भनेर राष्ट्र बैंकको नीति दफा ९४ मा स्पष्ट लेखिएको छ । त्यसैले राष्ट्र बैंकले आफ्नो अधिकार प्रयोग गरेर मौद्रिक नीति सार्वजनिक गर्न सक्ने उनको दावी छ ।

नेपालले भने,‘राष्ट्र बैंकको दफा ८९ मा नै सरकारको आर्थिक वर्ष सरह नै राष्ट्र बैंकको आर्थिक वर्ष हुन्छ र राष्ट्र बैंकले वर्षमा एक पटक मौद्रिक नीति सार्वजनिक गर्नुपर्छ।’

सरकार ६\६ महिनामा परिर्वतन हुन्छन् । नयाँ सरकारले पूरक बजेट ल्याउने गर्दछ । उनले भने,‘मेरो कार्यकालमा नै पनि दुई पटक पुरक बजेट आएको हो । तर मौद्रिक नीति समयमा नै सार्वजनिक भएको थियो । सरकारले चाहेको खण्डमा केही नीति परिमार्जन गर्नु सक्छ।’

राष्ट्र बैंकले मुद्रा व्यवस्थापन गर्ने हो । सरकारले आर्थिक कार्यक्रम तथा योजना लिएर आउने हो । जुन पार्टी सरकारमा जान्छ, उसले आफ्नो पार्टीका कार्यक्रम तथा आर्थिक कार्यक्रमहरु लिएर आउने हो। राष्ट्र बैंकले बजारमा भएको मुद्रालाई व्यवस्थापन गरेर मुद्रास्फितिलाई बढ्न नदिने तथा आर्थिक बृद्धिलाई सपोर्ट गर्ने नेपालको भनाई छ ।

नयाँ सरकार परिर्वतन भएसँगै अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट परिमार्जन गर्ने तयारीमा अर्थमन्त्री रहेका छन्। सरकारले बजेट परिमार्जन गर्न लागेकाले राष्ट्र बैंकले साउन पहिलो सातामा ल्याउन लागेको मौद्रिक नीति रोकिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट परिमार्जनपछि मात्रै चालु आर्थिक वर्षको नयाँ मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई निर्देशन दिएकाले साउनको दोस्रो सातासम्म पनि मौद्रिक नीति आउन सकेको छैन।

 

 

Logo