टानको कार्यालयमा राजस्व विभागको छापा

टानको कार्यालयमा राजस्व विभागको छापा

केन्द्रबिन्दु
0
Shares

ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल(टान)को केन्द्रीय कार्यालय मालिगाउँमा शुक्रबार दिउँसो राजस्व विभागले छापा मारेको छ।

टानले ०६६ सालदेखि पदयात्रामा जाने पर्यटकहरुबाट उठाउँदै आएको टिप्सकार्डको रकम अनियमितता भएको भन्दै उजुरी दिएका थिए । उक्त उजुरीको आधारमा राजस्व विभागले टानको कार्यालयमा छापा मारेको हो।

छापा मारी आवश्यक टिप्सकार्ड वापतको हिसाब विभागले नियन्त्रणमा लिएको छ। टानका अध्यक्ष खुम सुवेदीले राजस्व विभागका प्रतिनिधिहरु कार्यालयमा आएर संस्थाले अहिलेसम्म गरेको खर्चको लेखाजोखा गर्नु स्वाभाविक भएको बताएका छन्।

सरकारले संस्थाहरुले अनियमितता गरे की, हिसाव किताब कस्तो छ । नियमभन्दा बाहिर गएर काम गरेको छ की भनेर सोधपुछ गर्नु अन्यथा होइन। उनले भने, ‘सरकारले सोधखोज गर्नु स्वाभाविक प्रक्रिया भएकाले कोही पनि टानका  सदस्यहरु नआत्तिन अनुरोध छ।’

Logo