१२ स्थानमा स्मार्ट सहर बनाउन जम्मा १ करोड !

१२ स्थानमा स्मार्ट सहर बनाउन जम्मा १ करोड !

केन्द्रबिन्दु
0
Shares

सहरी विकास मन्त्रालयका सचिव रमेश सिंहले बजेट वक्तव्यमा समावेश गरिएका सबै कार्यक्रममा बजेट विनियोजन नभएको जानकारी दिएका छन्।

प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा उनले बजेटमा देशभर १२ स्थानमा स्मार्ट सहर बनाउने भनिएको तर बजेट १० लाखको दरले मात्र विनियोजन गरिएको बताए। उनले भने, ‘१२ अर्व बजट विनियोजन हुुनपर्नेमा जम्मा १ करोड मात्रै विनियोजन भएको छ ।’ 

यस्तै हनुमानढोकादेखि स्वयम्भूसम्मको सांस्कृतिक पदमार्ग निर्माण गर्ने भनेर बजेट वक्तव्यमा भनिए पनि रकम विनियोजन भएको वार्षिक कार्यक्रममा त्यस्तो कुनै कार्यक्रम नै समावेश नभएको सचिव सिंहले जनाए । सरकारले ल्याएको बजेट बढेको जस्तो देखिएपनि कार्यक्रममा रकम नै विनियोजन नभएको सहरी विकास मन्त्रालयको स्पष्टिकरण छ ।

समितिले बैठकमा उपत्यकाको बाहिरी चक्रपथ निर्माणबारे पनि चासो राखेको थियो । समितिले बाहिरी चक्रपथ उपत्यकाको सवारी चाप व्यवस्थापन र बस्ती विस्तारमा समेत महत्वपूर्ण भएकाले आयोजना अगाडि बढाउन बजेट सुनिश्चित गरी निर्माण प्रक्रिया अघि बढाउन मन्त्रालयलाई निर्देशन दिएको छ ।

Logo