मंगलबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा मुलुकको अर्थतन्त्रको वर्तमान परिस्थितिबारे यथार्थपत्र (स्वेतपत्र) प्रस्तुत गरिरहेका छन्।
अर्थमन्त्री शर्माले यथार्थपत्र प्रस्तुत गर्नु अगाडि प्रतिनिधि सभामा सम्बोधन गर्दै छिटै प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने समेत बताएका छन्।
आर्थिक वर्ष २०७७/७८ मा अर्थतन्त्रमा उल्लेख्य सुधार हुन नसकेको भन्दै बजेटमार्फत ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखिए पनि लक्ष्य पूरा हुन नसक्ने देखिएको उनले बताएका छन्।
कोभिडको दोस्रो लहरले अर्थतन्त्रमा गम्भीर असर पारेकाले सो लक्ष्य पूरा हुन नसक्ने देखिएको उनको भनाइ छ।





























प्रतिक्रिया