बोटलर्स नेपाल (तराई) लिमिटेडले ७ उत्कृष्ट आईडियालाई ‘सिडमनी’ प्रदान गर्ने

बोटलर्स नेपाल (तराई) लिमिटेडले ७ उत्कृष्ट आईडियालाई ‘सिडमनी’ प्रदान गर्ने

केन्द्रबिन्दु
0
Shares

वातावरण संरक्षण र युवा सहभागीता भन्ने मुख्य थिममा रहि बोटलर्स नेपाल (तराई) लिमिटेड र नेपाल युवा परिषदको संयुक्त पहल कदमीमा हरेक प्रदेशको एक उत्कृष्ट आईडियालाई रु. ५० हजार सिडमनी प्रदान गरिने जानकारी नेपाल युवा परिषदका केन्द्रिय अध्यक्ष सरोज बानियाँले दिएका छन्। यस्ता कार्यहरु बोटलर्स नेपाल (तराई) लिमिटेडले विगतका बर्षहरुमा पनि गर्दै आईरहेको छ र युवा सशक्तिकरण र वातावरण संरक्षणमा सक्रिय बोटलर्स नेपाल (तराई) लिमिटेडले आगामी दिनहरुमा थप रचनात्मक कार्यहरु गर्ने पनि बानियाँले बताए। 

सन् २०१८ मा सम्पन्न भएको “राष्ट्रिय युवा सम्मेलन २०१८” मा हरेक प्रदेशबाट प्रस्तुत गरेको योजनाहरुबाट १/१ वटा योजनालाई कोकाकोला नेपालसँगको आर्थिक सहकार्यमा रु. ७५,००० सिड फण्ड उपलब्ध गराई हरेक प्रदेशमा योजना कार्यान्वयन भइसकेको छ। २०१९ मा विश्व पर्यटन दिवसको अवसरमा नेपाल भ्रमण वर्ष २०२० लाई स्वागत एवं सफल पार्नका लागि नेपाल सरकार वन तथा वातावरण मन्त्रालयः वातावरण विभागको सहकार्य, नविल बैकंको मुख्य प्रायोजन र बोटलर्स नेपाल (तराई) लिमिटेडको विशेष सहयोगमा ७७ वटा जिल्लाका ७७ वटा साँस्कृतिक सम्पदाका स्थलहरुमा ६ हजार ७४२ जना युवाहरुको प्रत्यक्ष सहभागीतामा र ३८१ वटा अन्य संघसंस्थाका सहकार्यमा एकै पटक राष्ट्रियस्तरको बृहत सरसफाई कार्यक्रम २०७६ सम्पन्न गर्न सफल भएको थियो ।

नेपाल युवा परिषदले विगतका वर्षहरुमा झैँ यो वर्षमा पनि नेपालभरका ७७ वटै जिल्लाबाट प्रत्येक जिल्लाका १ युवा र १ युवतीहरुलाई सहभागी गराई अन्तर्राष्ट्रिय युवा दिवस २०२१ को अवसरमा राष्ट्रिय युवा सम्मेलन २०२१ भर्चुअल रुपमा आयोजना गर्न लागेको छ । संयुक्त राष्ट्र संघले तय गरेको खाद्य प्रणालीमा रुपान्तरण मानव र भुमण्डलीकरण स्वास्थ्यका लागि युवा नवप्रवर्तन, स्वस्थ जीवन सुनिश्चित गर्ने र सबै उमेरका सबै मानिसको कल्याणको प्रवद्र्धन गर्ने, सिभिक स्पेस, युवा र सूचनाप्रविधिलाई मुख्य विषय बनाई आयोजना गर्न लागेको हो । यस सम्मेलन राजधानीमा आगामी अगष्ट १२ र १३, २०२१ अर्थात श्रावण २८ र २९, २०७८ सम्म भर्चुअलरुपमा चल्ने बताइएको छ । कोभिड १९ को दोस्रो तथा तेस्रो सक्रमंणलाई मध्यनजर गर्दै यस वर्षको राष्ट्रिय युवा सम्मेलन २०२१ भर्चुअल रुपमा आयोजना गर्न लागिएको हो।

२ दिनसम्म चल्ने सम्मेलनमा २२० जना युवाहरुको सहभागिता रहनेछ। जसमा १५४ जना ७७ जिल्लाका १ महिला र १ पुरुष हुनेछन् भने अन्य ६६ जनामा विभिन्न समुदायका युवाहरुलाई प्रतिनिधित्व गराई यस सम्मेलन एक समावेशीताको उत्कृष्ट उदाहरण हुनेछ भन्ने कुरामा आयोजक विश्वस्त रहेको छ । जसमा ५० प्रतिशत महिलाहरु नै सहभागी हुनेछन्। 

सम्मेलनमा संयुक्त राष्ट्र संघले तय गरेको खाद्य प्रणालीमा रुपान्तरण मानव र भुमण्डलीकरण स्वास्थ्यका लागि युवा नवप्रवर्तन,  स्वस्थ जीवन सुनिश्चित गर्ने र सबै उमेरका सबै मानिसको कल्याणको प्रवद्र्धन गर्ने, सिभिक स्पेस, युवा र सूचनाप्रविधिलाई मुख्य विषय बनाई विभिन्न प्रस्तोताहरुबाट कार्यपत्र प्रस्तुत गरिनेछ।

Logo