वाग्मती प्रदेशको राजधानी हेटौँडामा जारी निषेधाज्ञाको उल्लङ्घन गरि पसल खोल्ने १० जनालाई कारबाही गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले कारबाही स्वरुप उनीहरुलाई प्रतिव्यक्ति तीन हजारका दरले जरिवाना लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।
उनका अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले मास्क नलगाई हिँड्ने एक सय २३ जनालाई प्रतिव्यक्ति एक सयका दरले जरिवाना लिएर कारबाही गरेको छ। यसैगरी आठ सय ९९ थान मास्क वितरण गरिएको प्रहरीले जनाएको छ।





























प्रतिक्रिया