मौद्रिक नीति चार बजेपछि सार्वजनिक हुने

मौद्रिक नीति चार बजेपछि सार्वजनिक हुने

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। राष्ट्र बैंकले शुक्रबार दिउँसो ४ः१५ बजे चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्ने भएको हो।

शुक्रबार बिहान राष्ट्र बैंकको संचालक समितिको बैठकले मौद्रिक नीति पास गरि दिउँसो ४ः१५ बजे सार्वजनिक गर्ने भएको छ। 

साउन पहिलो सातामा नै सार्वजनिक गर्ने तयारी गरे पनि नयाँ सरकार परिवर्तन भएसँगै रोकिएको थियो। सरकारका अर्थमन्त्री जनार्दन शर्माले बजेट परिमार्जनपछि मात्रै मौद्रिक नीति ल्याउन निर्देशन दिएकाले रोकिएको थियो।

कोरोना महामारीका कारण व्यापार व्यवसाय, उद्योगधन्दा तहसनहस नै रहेकाले व्यवसाय निरन्तरताको लागि यसपालीको मौद्रिक नीतिले पुराना धेरै कार्यक्रमलाई नै निरन्तरता दिने भएको छ। मर्ज तथा एक्वीजिसनका लागि बाध्यात्मक कुनै व्यवस्था नगरी पहिलेका प्रोत्साहनमूलक व्यवस्थालाई नै निरन्तरता दिइने राष्ट्र बैंक उच्च स्रोतले जनाएको छ।

सरकारले न्युनतम साझा कार्यक्रम सार्वजनिक गरिसकेको र बजेट प्रतिस्थापन विधेयक तयार पारिसकेकाले राष्ट्र बैंकले सोही अनुसार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो।

मौद्रिक नीति आउँन ढिलाई हुने भएकोले राष्ट्र बैंकले यस अघि नै बैंक तथा वित्तीय संस्थालाई वित्तीय विवरण सार्वजनिक गर्न र साधारणसभा गर्नका लागि सर्कुलर मार्फत बाटो खुला गरिसकेको छ।

Logo