आइएमई ‘पे’ र इन्द्रपुर खानेपानीवीच सम्झौता

आइएमई ‘पे’ र इन्द्रपुर खानेपानीवीच सम्झौता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’ र बिराटचोक मोरङ्गस्थित इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितीवीच सम्झौता भएको छ ।

सम्झौता अनुसार उक्त क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महसुल आइएमई पे वालेट मार्फत भुक्तानी गर्न सक्नेछन् ।

सम्झौता पत्रमा ‘आइएमई पे’ का तर्फबाट अधिकृत भवानी प्याकुरेल र इन्द्रपुर खानेपानीका संचालक सुजता चौलागाईंले हस्ताक्षर गरेका छन् । यस सम्झौताबाट ६ हजार घरधुरी लाभान्वित हुने बताइएको छ ।

Logo