नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नियोजित रूपमा शेयर बजारलाई प्रभाव पार्ने नीति ल्याएको भन्दै शेयर बजार लगानीकर्ताहरूको समूहले राजीनामा माग गरेको छ।
लगानीकर्ताहरूले नियोजित रूपमा शेयर बजारलाई घटाउने गरी नीति लिएको भन्दै गभर्नर अधिकारीको राजीनामा माग गरेका हुन्।
पुँजी बजार सुधार संघर्ष समितिले विज्ञप्ति जारी गर्दै विभिन्न समयमा पुँजी बजारको अस्तित्व नै धरापमा पार्ने नीति कार्यक्रमहरू राष्ट्र बैंकले ल्याएको हुँदा समग्र पुँजी बजार अघि बढ्न नसकेको जनाएको छ।
लगानीकर्ताहरूले जारी गरेको विज्ञप्तिको बेवास्ता गरे शेयर नीतिको विरोध गर्दै राष्ट्र बैंक घेराउ गर्ने कार्यक्रमसमेत रहेको एक लगानीकर्ताले बताएका छन्।
मौद्रिक नीतिमा राष्ट्र बैंकले ल्याएको नीति तथा पदमा बस्ने व्यक्तिहरूको गैरजिम्मेवारीले शेयर बजार लगानीकर्ताको मनोबल गिराएको भन्दै राष्ट्र बैंक, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई समेत पत्राचार गरी समूहले विभिन्न माग राखेका छन्।
उनीहरूले राष्ट्र बैंकले ‘मार्जिन’ प्रकृतिको कर्जामा लगाएको ४/१२ करोड रूपैयाँको सीमाले पुँजी बजारको विकासमा बाधक बनेको बताएका छन्।
उक्त सीमालाई तुरुन्त खारेज गर्न उनीहरूको माग छ।






























प्रतिक्रिया