अर्थमन्त्री शर्मासँग नाडा प्रतिनिधि मण्डलको भेट

अर्थमन्त्री शर्मासँग नाडा प्रतिनिधि मण्डलको भेट

केन्द्रबिन्दु
0
Shares

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ८ सदस्यीय प्रतिनिधिमण्डलले  अर्थमन्त्री जनार्दन शर्मासँग आज मन्त्रालयमा भेट गरेको छ।  

उक्त भेटघाटमा अध्यक्ष दुलालले सरकारले ल्याएको प्रतिस्थापन बजेटबाट अटोमोवाइल व्यवसायमा सकारात्मक प्रभाव पारेको कारण सवारी साधनहरुको आयातमा आर्थिक बर्ष २०७६/०७७ को तुलनामा आर्थिक बर्ष २०७७/७८ मा शतप्रतिशत बृद्धि भएको र चालु आर्थिक बर्षमा अझ बृद्धि हुने बताउँदै सरकारले ल्याएका नीतिहरुको निरन्तरताका लागि समेत आग्रह गरे।

सो भेटघाट तथा छलफलमा अध्यक्ष दुलालले मंसिर २२ गते काठमाडौंमा सम्पन्न हुने नाडाको आउदो ४५ औं वार्षिक साधारण सभाको प्रमुख अतिथिका लागि अनुरोधसमेत गरेको नाडाले जनाएको छ। 

उक्त छलफलमा उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती लगायत मोटरसाइकल समितिका सभापति अभिक ज्योति, कन्सट्रक्सन इक्यूपमेण्ट, वर्कशप टुल्स एण्ड ट्रयाक्टर समितिका सभापति मिलनबाबु मल्ल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधानसमेतको उपस्थिति रहेको थियो।

Logo