शाइन रेसुङ्गाकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

शाइन रेसुङ्गाकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

केन्द्रबिन्दु
0
Shares

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीबार रहेको छ। बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि शुक्रबार बुकक्लोज गर्दैछ। यसअनुसार बिहीबारसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले संस्थाको सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले लाभांश प्रस्ताव पारित गर्न २९ मंसिरमा १३औं वार्षिक साधारणसभा आह्वान गरेको छ। सभा महाराजा रिसोर्ट प्रा.लि. बुटवल उपमहानगरपालिका- ११ रुपन्देहीमा बिहान ११ बजे सुरु हुनेछ।

सभामा हाल कायम चुक्ता पुँजीको १० दशमलव ९३ प्रतिशत बोनस सेयर तथा सोको कर प्रयोजनार्थ शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ। 

अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, नियमावलीको नियम संशोधन गर्ने लगायतको एजेण्डा छ। 

Logo