काठमाडौँ
सहज तथा सबल बैंकिङ्गको मूल सिद्घान्तको अभ्यास गर्दै आएको यस एनआईसी एशिया बैंकले समय अनुरुप ग्राहकमैत्री सेवा तथा सुविधाहरू ल्याउने क्रममा ग्राहक महानुभावहरूको सुविधाका निमित्त खल्ती डिजिटल वालेटमार्फत आफ्ना अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण सुपर चमत्कारिक कर्जाहरूको आवेदन दिन सकिने नवीनतम सुविधा ल्याएको छ । यस कर्जा योजना अन्तर्गत समावेश गरिएका सर्वाधिक फाइदा तथा सुविधाहरू भएका सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जाको आवेदन उक्त खल्ती डिजिटल वालेटबाट जुनसुकै स्थानबाट जुनसुकै समयमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
साथै यस बैंकको मोबाईल बैंकिङ्ग सुविधा उपभोग गरिरहनु भएका ग्राहक महानुभावहरूले आफ्नो बैंक खातामा खल्ती डिजिटल वालेटलाई लिंक गर्नु भएमा १४ आश्विन २०७७ सम्म रु ५० नगद उपहार प्राप्त गर्नु हुने व्यवस्था खल्ती वालेटले गरेको छ । खातामा वालेटलाई जोडे पश्चात् वालेटमार्फत वस्तु तथा सेवा खरिद गर्दा लागत रकम सिधै बैंक खाताबाट भुक्तानी गर्न सकिने व्यवस्था उपलब्ध हुनेछ ।
डिजिटल बैंकिङ्गमा देशकै अग्रणी स्थानमा रहेको यस बैंकले सेवागत क्षेत्रमा समेत ग्राहक महानुभावहरूलाई सहजता पु¥याउने उद्देश्यसहित खल्ती डिजिटल वालेटसँग पछिल्लोपटक कर्जाको आवेदन दिन सकिने सहकार्य गरेको हो । यस वालेटका प्रयोगकर्ताहरूले वालेटभित्र रहेका यस बैंकको सुपर चमत्कारिक कर्जाहरूको आइकनमा ट्याप गरेर तीन किसिमका कर्जामध्ये आफूलाई चाहिएको कर्जाका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । यसरी प्राप्त आवेदनहरू खल्ती डिजिटल वालेटले यस बैंकलाई पठाउने र बैंकले आवश्यक थप प्रक्रिया पु¥याई सम्पूर्ण कागजात बुझिलिएको ४८ घण्टाभित्र सम्बन्धित आवेदकलाई कर्जा प्रवाह गर्ने व्यवस्था मिलाएको छ । आवेदकको कर्जा स्वीकृतिको अवस्थाको बारेमा यस बैंकले एसएमएसबाट जानकारी गराउनेछ ।





























प्रतिक्रिया