सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढ्यो

सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढ्यो


बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँ कायम भएको छ। 

मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएको थियो। 

त्यस्तै चाँदीको मूल्य पनि आज तोलामा २० रुपैयाँले बढेको छ। मंगलबार प्रतितोलामा १ हजार २६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज १ हजार २६० रुपैयाँ कायम छ।

Logo