एनसेलले घटायो सबै लोकल कलको महसुल दर

एनसेलले घटायो सबै लोकल कलको महसुल दर

केन्द्रबिन्दु
0
Shares

एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि सबै लोकल कलको महसुल दर घटाएको छ। अब एनसेलका ग्राहकले अझै सस्तोमा नेपालभर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिन सक्नेछन्।

एनसेलले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महसुलदर करबाहेक १ रुपैयाँ ९९ पैसा प्रतिमिनेटबाट घटाई करबाहेक प्रतिमिनेट १ रुपैयाँ ६२ पैसा कायम गरेको हो ।

प्रिपेड ग्राहकका लागि लागू भएको यो नयाँ महसुल दरले देशभर समानरूपमा अन्य नेटवर्कमा मेन ब्यालेन्सबाटै पेएजयुगो दरअन्तर्गत कल गर्न अझै सुलभ बनाएको छ। यो परिमार्जित नयाँ महसुल दर शुक्रबारबाट लागू भएको हो।

नयाँ महसुल दरको लाभ लिनका लागि ग्राहकहरूले एस्ट्रिक्स१७१०७ह्यास डायल गरी सेवा निःशुल्क सुचारु गर्न सक्ने सो कम्पनीले जनाएको छ। नयाँ महसुल दरले ग्राहकलाई मेन ब्यालेन्सबाट ढुक्कसँग अन–नेट र अफ–नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउने विश्वास लिइएको भन्दै सो कम्पनीले यो नयाँ महसुल दर आगामी २०७९ सालको २४ साउनसम्म लागू रहने जनाएको छ।

Logo