नेपाली बजारमा अल-न्यु नभाराको ‘लाइफस्टाइल एडिसन’, कति पर्छ मूल्य?

नेपाली बजारमा अल-न्यु नभाराको ‘लाइफस्टाइल एडिसन’, कति पर्छ मूल्य?

केन्द्रबिन्दु
0
Shares

नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले नेपाली बजारमा द अल–न्यु नभाराको ‘लाइफस्टाइल एडिसन’ नभारा प्रो फोरएक्स (Navara Pro 4X) लन्च गरेको छ। सो पिकअपकाे एक कार्यक्रमका बीच साेमबार सार्वजनिक गरिएको हो।

द अल–न्यु नभारामा नयाँ फ्रन्ट (बम्पर, ग्रिल, हेडल्याम्प, हुड) इन्टेरियर मेटरियल र डेकोरेसन प्रयोग गरिएको छ भने बेड हाइट बढाइएको र नयाँ स्टेयरिङ ह्विलको प्रयोग गरिएको छ। त्यसैगरी यसमा थिन–फिल्म ट्रान्सलेटर मिटर र एड्भान्स्ड इन भेइकल इन्फोटेनमेन्ट प्रयोग गरिएको छ।

नभारामा इन्टेलिजेन्ट इमर्जेन्सी ब्रेकिङ, भेइकल डाइनामिक कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल सिस्टम र हाई बिम असिस्टलगायतका सेफ्टी फिचर उपलब्ध छ। नभारामा बेटर फ्युल इकोनोमी, ह्यान्डलिङ र राइड कम्फर्टका साथै डाइनामिक पर्फमेन्स र सेफ्टी उपलब्ध छ। 

त्यसैगरी यसमा आर्म रेस्ट, बेड फङसनालिटी, अफरोड मोनिटरसहितको इन्टेलिजेन्ट अराउन्ड भ्यु मोनिटर र पेलोड इन्ह्यान्समेन्टसहितको आकर्षक फिचर छ। यी सबै नयाँ फिचरका कारण यो गाडी अल्टिमेट ट्राभल र वर्कसाइट पार्टनर बनाउन योग्य छ र अप्टिमल रुम, कम्फर्ट, सेफ्टी र सहजताका कारण जस्तोसुकै सडकमा पनि चुनौतीको सामना गर्न तयार छ।

पायोनियर मोटोकर्पका म्यानेजिङ डाइरेक्टर सन्दिप सारडाले भने, ‘नेपालमा पिकअप ट्रकको बजार बलियो बन्दै गएको छ र हामी नयाँ उत्पादन उपलब्ध गराउन पाएकोमा उत्साहित छौं। पहिलो लाइफस्टाइल एडिसन युटिलिटी भेइकलको रुपमा द अल–न्यु नभारा लन्च गरेकोमा हामी गौरवान्वित छौं। यो नयाँ उत्पादन उपलब्ध गराएर हामीले सहरी क्षेत्रमा बढिरहेका ग्राहकको चाहनालाई पुरा गर्न र बजारमा हाम्रो उपस्थितिलाई अझै बलियो बनाउन सक्षम हुने विश्वास गरेका छौं।’

पायोनियर मोटोकर्पका डेपुटी जनरल म्यानेजर ज्ञानेन्द्र चन्दले नभाराको विशेषता वारेमा जानकारी दिँदै यसले नेपाली बजारमा एउटा नयाँ उचाई प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

द अल–न्यु नभारामा नयाँ फिचरको रुपमा बडी–कलर्ड फ्रन्ट बम्पर (अफरोड), एलईडी हेडलाइट (ब्ल्याक) र सिग्नेचर, ब्ल्याक रियर बम्पर (स्टेप) र एफआर फगलाइट (एलईडी) रहेका छन् । 

यसको बाहिरी भाग अर्थात एक्सटेरियरमा ठूलो र रिडिजाइन गरिएको ग्रिल, थ्रीडी ट्रिम पिस, ट्रेडमार्क भी–मोसन ग्रिल, नभारा ब्रान्डिङ सहितको प्रोमिनेन्ट क्रोम ट्रिम, सार्पर एलईडी डेटाइम रनिङ लाइट, अलि अग्लो गरि मिलाइएको फगल्याम्प, नयाँ एलईडी टेलल्याम्प क्लस्टर, ह्विल आर्चमा एक्स्ट्रा बडी क्लेडिङ र नयाँ अप्सनको रुपमा सिक्स–स्पोक टु–टोन अलोय ह्विल रहेको छ।

भित्री बनावट अर्थात इन्टेरियरमा थ्री–स्पोक स्टेयरिङ ह्विलका कारण स्पोर्टियर अनुभव हुनुका साथै ठूलो ७ इन्च मल्टी फङसनल इन्फोर्मेसन डिस्प्ले सहितको नयाँ टीएफटी मिटर र नयाँ आईभीआईले थप आकर्षक बनाएको छ।

द अल–न्यु नभारा विभिन्न ५ भेरिएन्टमा उपलब्ध हुनेछ। यसको मूल्य ९५ लाख ४९ हजारदेखि १ करोड १६ लाख रुपैयाँसम्म रहेको छ।

Logo