आरएमडीसी लघुवित्तको संस्थापक शेयर आजबाट लिलामीमा

आरएमडीसी लघुवित्तको संस्थापक शेयर आजबाट लिलामीमा

केन्द्रबिन्दु
0
Shares

बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको शेयर बोलकबोल माध्यमबाट बिहीबारदेखि विक्रीमा आएको छ। 

बैंक अफ काठमाण्डूले संस्थाको संस्थापक शेयरतर्फको ६ लाख ६ हजार १४० कित्ता शेयरको न्यूनतम प्रतिकित्ता ६०० रुपैयाँको दरले बोलकबोल माध्यमबाट विक्रीमा आएको हो । 

उक्त बोलपत्रमा फागुन ५ गते बिहीबार (आज) देखि चैत ९ गतेसम्म आवेदन दिन सकिने छ।

बोलपत्र कार्य प्रयोजनार्थ संस्थाको विक्री प्रबन्धक बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड रहेको छ।

Logo