राष्ट्र उत्थान लघुवित्तकाे आईपिओ आज बाँडफाँट हुने

राष्ट्र उत्थान लघुवित्तकाे आईपिओ आज बाँडफाँट हुने

केन्द्रबिन्दु
0
Shares

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन तथा विक्री खुल्ला गरेको आईपिओ बिहीबार (आज) बाँडफाँट हुने भएको छ।

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका अनुसार आईपिओ आज दिउँसो ३ बजे बाँडफाँट हुने भएको हो।

लघुवित्तले फागुन ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यका ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपिओ बिक्री खुल्ला गरेको थियो।

जसमध्ये १३ हजार कित्ता कर्मचारीहरुलाई, ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी रहेको ७ लाख ९४ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ।

Logo