होन्डाकाे एक्टिभा अब इलेक्ट्रिक रूपमा आउँदै, छिट्टै लन्च हुने

होन्डाकाे एक्टिभा अब इलेक्ट्रिक रूपमा आउँदै, छिट्टै लन्च हुने

केन्द्रबिन्दु
0
Shares

होन्डा मोटरसाइकल इन्डियाले आफ्नो पहिलो ईभी भारतमा लन्च गर्ने तयारी गरिरहेको छ। विश्वमा इलेक्ट्रिक बाइकको निर्माण द्रुतगतिमा बढ्दै गइरहेको छ। यसैक्रममा हिरो मोटोकर्प, सुजुकी, यामाहा, केटीएम र हस्कभर्ना जस्ता कम्पनीले आगामी केही वर्षमा इलेक्ट्रिक बाइक ल्याउने तयारी गर्दैछ। होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डिया पनि यही बाटोमा अगाडि बढेको हाे। 

कम्पनीले होन्डा एक्टिभा नेमप्लेट प्रयोग गर्ने अनुमान गरिएको छ। होन्डा मोटरसाइकल इन्डियाका अध्यक्ष अत्सुशी ओगाटाले कम्पनीले आगामी आर्थिक वर्षसम्ममा भारतका लागि आफ्नो पहिलो ईभी तयार हुने पुष्टि गरेका छन्। कम्पनीले भारतको लागि पूर्णरूपमा नयाँ उत्पादन विकास गर्ने वा हाल अन्तर्राष्ट्रिय बजारहरूमा उपलब्ध इलेक्ट्रिक टु ह्विलरमध्ये एकको संशोधित संस्करण प्रयोग गर्नेछ।

भारतमा हाल एक मात्र होन्डा इलेक्ट्रिक टु–ह्विलर उत्पादन होन्डा बेन्ली ई–स्कुटर हो। यो भारतको अटोमोटिभ रिसर्च एसोसिएसनमा परीक्षणका क्रममा देखिएको थियो।

कम्पनीले घरेलु बजार जापानमा बेन्ली ईःआई, बेन्ली ईःआई प्रो, बेन्ली ईःआईआई र बेन्ली ईःआईआई प्रोसहित विभिन्न मोडलहरू उपलब्ध गराएको छ। कम्पनीसँग पीसीएक्स इलेक्ट्रिक, जाइरो ईः र जाइरो क्यानोपी ईः जस्ता अन्य इलेक्ट्रिक टु–ह्विलर सवारी साधनहरू पनि छन्।

होन्डा बेन्ली ई पहिलेदेखि नै उपलब्ध छ। यसलाई होन्डा एक्टिभा इलेक्ट्रिक स्कुटरको आधारको रूपमा प्रयोग गर्न सकिने सम्भावना छ। होन्डा एक्टिभा इलेक्ट्रिक स्कुटरलाई बदल्न मिल्ने ब्याट्रीको साथमा प्रयोग गरिने सम्भावना छ।

Logo