आइतबारदेखि आइएमई जनरल इन्स्योरेन्सकाे ४० प्रतिशत हकप्रद शेयर निष्कासन

आइतबारदेखि आइएमई जनरल इन्स्योरेन्सकाे ४० प्रतिशत हकप्रद शेयर निष्कासन

केन्द्रबिन्दु
0
Shares

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले भाेलि (आइतबार) देखि ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको जनाएकाे हो । 

उक्त हकप्रद शेयरमा आवेदकले चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि फागुन १ गते बुक क्लोज गरिसकेको छ। 

यस आधारमा फागुन २७ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्ने भएका छन्। हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड रहेको छ। ४० प्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६२ करोड पुग्नेछ। 

धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई कयापिटल लिमिटेड रहेको छ। हकप्रद शेयरमा आवेदकले ग्लोबल आइएमई क्यापिटल र आईएमई जनरल इन्स्योरेन्स कम्पनीका उपत्यका बाहिर र भित्रका शाखा कार्यलयहरुबाट आवेदन दिन सक्नेछन्। साथै मेरो शेयर एपमार्फत पनि हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

Logo