सुनको मूल्य ११ सयले बढ्यो, प्रतितोला १ लाख ३ हजार पुग्यो

सुनको मूल्य ११ सयले बढ्यो, प्रतितोला १ लाख ३ हजार पुग्यो

केन्द्रबिन्दु
0
Shares

साताको दोस्रो दिन सोमबार (आज) पनि नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख १ हजार ९०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज प्रतितोला १ हजार १०० रुपैयाँले बढेर १ लाख ३ हजार रुपैयाँ कायम भएको छ। तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ कामय भएको छ। 

यस्तै, सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आइतबारको तुलनामा आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४२५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ४१५ रुपैयाँ कामय भएको थियो । 

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतार चढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ। 

Logo