आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले  मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ४९ पैसा र बिक्री दर १२२ रुपैयाँ नाै पैसा कायम गरेको छ। 

युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ २५ पैसा र बिक्री दर १३४ रुपैयाँ ९१ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ६३ पैसा र बिक्री दर १६० रुपैयाँ ४१ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ६१ पैसा र बिक्री दर १३१ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ६६ पैसा र बिक्री दर ९० रुपैयाँ १ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ७९ पैसा छ। 

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ १९ पैसा र बिक्री दर १० रुपैयाँ २४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ११ पैसा र बिक्री दर १९ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 

साउदी अरबियन रियाल  एकको खरिद दर ३२ रुपैयाँ ३८ पैसा र बिक्री दर ३२ रुपैयाँ ५४ पैसा  छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ २४ पैसा र बिक्री दर ३३ रुपैयाँ ४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ। 

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८९ पैसा छ भने बिक्री दर २९ रुपैयाँ तीन पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  १० रुपैयाँ मात्र र बिक्री दर १० रुपैयाँ पाँच पैसा मात्र कायम भएको छ।

Logo