साताको अन्तिम कारोबार दिन बिहीबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । सोमबार र मङ्गलवार निरन्तर दोहोरो अंकले बढेको बजार बुधवार दोहोरो अंकले घटेको थियो । आज बिहीबार पनि बजार १६ दशमलव ६९ अंकले घटेर २ हजार ६१३ दशमलव ६७ विन्दुमा झरेको हो ।
बिहीबार २२४ वटा धितोपत्रको ५२ लाख ९८ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
त्यस्तै, १३ वटा समूहमध्ये जीवन बीमा र निर्जीवन बीमा समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ । त्यस्तै राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ नेपाल र युनाइटेड नेपालको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमको आधारमा सबैभन्दा बढी जीवन विकास लघुवित्तको ३० करोड ६३ लाख ९७ हजार ६२४ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो । उक्त लघुवित्तको ७० प्रतिशत बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन भएकाले यो कम्पनीको शेयर अत्यधिकता कारोबार भएको हो ।





























प्रतिक्रिया