आइपीओ जारी गर्दै बुद्धनगर एग्रो, बिक्री प्रबन्धकमा एनआईसी क्यापिटल

आइपीओ जारी गर्दै बुद्धनगर एग्रो, बिक्री प्रबन्धकमा एनआईसी क्यापिटल

केन्द्रबिन्दु
0
Shares

बुद्धनगर एग्रो फार्म लिमिटेडको ५ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ । उक्त शेयर सामूहिक लगानी कोष, कर्मचारीहरू सहित सवसाधरणहरुका लागि निष्कासन हुने भएको हो ।

बिहीबार निष्कासन गर्नकोलागि एनआईसी एशिया क्यापिटल र बुद्धनगर एग्रा बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता भएको हो । यससँगै आइपीओ जारी गर्ने अन्य प्रक्रिया अघि बढ्ने  बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जानकारी  दिएकाे छ ।

बुटवलको मिलनचोकमा कार्यालय रहेको यो कम्पनी  आइपीओ जारी गर्ने एग्रो फार्ममध्ये नेपालको हकमा पहिलो कम्पनी हो । 

Logo